गठबन्धनको प्रतिवद्धता: पोखरालाई खेलकुदको राजधानी बनाइने
पाेखरा | कात्तिक २९, २०७९
पोखरा: कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरालाई खेलकुदको राजधानी बनाउने प्रतिवद्धता जनाएका छन् ।
खेल पर्यटनको माध्यमबाट पोखरालाई खेलकुदको राजधानी शहरको रुपमा विकास गर्न पहल गर्दै अन्तराष्ट्रिय क्रिकेट मैदान सम्पन्न गर्ने बताएको छ । साथै मौजाको हाई अल्टिट्युड खेल मैदान सम्पन्न गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरको छ ।
खेलसँगै उनीहरुले प्रतिवद्धता पत्रमा पोखरा अन्तराराष्ट्रिय विमानस्थल संचालन भएपश्चात हाल संचालनमा रहेको विमानस्थलमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र एंव अन्तराष्ट्रिय स्तरको बोटानिकल गार्डेन निर्माण एंव फ्लाईङ स्कुल जस्ता परियोजना संचालन गर्न तत्काल डिपिआर तयार गरि कामको थालनी गर्ने जनाएको छ ।
पोखरा ल्याण्डफिल्ड साईडलाई व्यवस्थापन गरी निर्माणको अन्तिम अवस्थामा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थललाई यथाशक्य छिटो संचालन गर्न विशेष पहल गरिन उनीहरुले प्रतिवद्धता जनाएका छन् । पृथ्वीचोकमा सिटी बसपार्क, लामेआहालमा आधुनिक बसपार्क र छोरेपाटन एंव हेमजामा इन्ट्रान्स बसपार्क बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
यस्तै पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग तथा पोखरा बाग्लुङ राजमार्गको स्तरोन्नती गरी प्रभावितलाई उचित मुआब्जा दिलाउन पहल गर्नुका साथै पुष्पलाल मध्येपहाडी लोकमार्ग एंव कोरोला जोमसोम देखी त्रिवेणी भैसालोटन सम्मको निर्माणाधिन लोकमार्गलाई छिटो सम्पन्न गर्न पहल गर्ने बताएका छन् । केरुङ पोखरा लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन गरी डिपिआर बनाई निर्माण कार्य गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने र काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल उनीहरुले प्रतिवद्धता जनाएका छन् । पोखरा क्षेत्रमा चक्रपथ निर्माण एंव बाहिरी चक्रपथको अध्ययन सुरु गर्न पहल गरिने उल्लेख छ ।
भरतपोखरी, निर्मलपोखरी, कृस्ती हुदैँ कुभिन्डेसम्मको वैकल्पिक राजमार्ग सक्न पहल गर्ने र ट्राफिक व्यवस्थापनको लागि बहुआयामिक सुविधासम्पन्न पार्किङ स्थल निर्माण, निजी साझेदारीमा बेसमेन्ट पार्किङ संचलन गर्ने महानगरिय योजनालाई सहयोग गर्ने घोषणा पत्रमा उल्लेख छ ।
खानेपानी प्रणालीलाई बहुसरोकारवाला परियोजना मार्फत व्यवस्थित गरी सबै गाउँ बस्ती र नागरिकसम्म प्रर्याप्त र गुणस्तरिय खानेपानीको सहज पहुँच पुर्याइने छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

